अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकियो

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस टोरिनोसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस टोरिनोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

युभेन्टसका लागि खेलको १३औँ मिनेटमा माथिस डी लाइटले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने टोरिनोका लागि खेलको ६२औं मिनेटमा आन्द्रे बेलोटीले बराबरी गोल गरेका थिए ।

सिरी ए मा युभेन्टसको यो पछिल्ला चार खेलमा तेस्रो बराबरी हो । यो बराबरी पछि युभेन्टसको २६ खेलमा ४७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी टोरिनोको २५ खेलमा ३३ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *