ड्रोनदेखि रोबोटसम्म बनाउँदै आविष्कार केन्द्र (भिडिओ)

कीर्तिपुर । राष्ट्रिय आविष्कार केन्द्रमा हस्पिटल र रेस्टुरेन्टमा काम गर्ने रोबोट बनाउन थालिएको छ । मानिसलाई सहयोग गर्ने उद्देश्यले बनाउन लागिएको रोबोट अबको केही महिनामा बजारमा ल्याइने भएको हो ।

रोबोट निर्माणमा संलग्न सुवास घिमिरेकाअनुसार आविष्कार केन्द्रमा एक वर्षदेखि रोबोट बनाउने काम भइरहेको छ । रोबोटले मानिसलाई अरू धेरै कुरामा सहयोग गर्नसक्ने उनको विश्वास छ ।

दीपेन्द्र बस्नेतले दुर्गम गाउँमा औषधी ढुवानी गर्ने मेडिकल ड्रोन ३ वर्षदेखि बनाइरहेका छन् । ड्रोनको ७० देखि ८० प्रतिशत काम सकिएको र अब केही समयमै यसलाई पनि बजारमा ल्याउने तयारी छ । उनकाअनुसार ड्रोनले १ किलोसम्म सामान बोकेर ८० किलोमिटरसम्म उड्न सक्छ । पालिकाहरूसँग सहकार्यमा सेवा प्रवाह गर्न सके धेरै दुर्गम ठाउँमा औषधी आपूर्ति गर्न सहज हुने उनी बताउँछन् ।

केन्द्रमा बाइक एम्बुलेन्सको निर्माण पनि भइरहेको छ भने कफी बनाउने मेशिन बनिसकेको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन केन्द्रले यो सामान बनाउने भनेर लगाउने नभई इच्छुक व्यक्तिलाई सामान उत्पादन र परीक्षण गर्न सहयोग गरिरहेको बताए ।

थप भिडिओमा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *