ब्राइटनलाई पराजित गर्दै युनाईटेड शीर्ष चारमा उक्लियो

काठमाडौँ। इंग्लिस प्रमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुन शीर्ष चारमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-० ले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भयो। मंगलबार राति भएको खेलमा युनाईटेडेले दुवै गोल दोस्रो हाफमा सम्भव बनाएको थियो।

१० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गर्दा क्रिस्टियानो रोनाल्डोले जारी सिजनको ९ औँ गोल सम्भव बनाए। पछिल्ला ६ खेलमा गोल गर्न नसकेका रोनाल्डोले ५१ औँ मिनेटमा टीमका लागि पहिलो गोल गरेका थिए।

५४ औँ मिनेटमा रातो कार्ड खाएर डन्क मैदानबाट बाहिरिएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो।  युनाईटेडका लागि दोस्रो गोल भने ब्रुनो फर्नान्डेसले इन्जुरी समयको सातौँ मिनेटमा गरेका थिए।

जितसँगै युनाइटेडको २५ खेलबाट ४३ अंक छ। उसलाई समान खेलबाट वेस्ट ह्यामले ४१ अंकका साथ पाँचौँ तथा २२ खेलबाट ३९ अंकका साथ आर्सनल छैटौँ स्थानमा रहँदै शीर्ष चारको होडमा कायम छन्। युनाईटेडसँग पराजित भएको ब्राइटन ३३ अंकका साथ नवौँ स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =