‘उड्नु छ’ सार्वजनिकसँगै ‘मेक्सना’लाई दर्शकको भरपुर माया (भिडिओसहित)

काठमाडौँ । मेचु धिमाल र रुक्सना लिम्बु (मेक्सना) को ‘उड्नु छ’ गीति भिडिओले उत्कृष्ट ‘भ्यूज’ पाइरहेको छ । ५ दिनअघि मेचु धिमाल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘उड्नु छ’ गीति भिडिओलाई ६ लाख पटकभन्दा धेरै हेरिएको छ ।

मेचुकै शब्द/संगीतमा बनेकाे गीतमा स्वयम् मेचु र रुक्सनाकाे स्वर सुन्न पाइन्छ भने भिडिओमा समेत उनीहरू नै फिचर्ड छन् ।

गीति भिडिओमा एउटी एकल आमाकाे छाेरीप्रतिकाे दु:खलाई देखाउन खाेजिएकाे छ । संगीतप्रेमी तर, आवाजविहीन छाेरीकाे मनाेभावनालाई मनन गर्दै आमाले गरेकाे परिकल्पना नै ‘उड्नु छ’ गीत हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *