लिभरपुल विजयी, टोटेनह्याम वल्भेससँग स्तब्ध

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिग अंक तालिकाको पुछारमा रहेको बर्नलीलाई पराजित गर्दै उपाधि दाबेदारी कायम राख्दा टोटेन्ह्यामको भने शीर्ष चारको संभावना कमजोर हुँदै गएको छ । टोटेनह्याम भने वल्भेस सँग २-० ले पराजित भयो ।

आइतबार राति भएको खेलमा बर्नलीलाई पराजित गर्न फाविन्होले ४० औँ मिनेटमा गरेको एकमात्र गोल ‌लिभरपुलका लागि निर्णायक बन्यो । जितसँगै लिभरपुलले पुन शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ९ अंकमा झारेको छ ।

रेलिगेशन जोनबाट माथि उठ्न प्रयासरत बर्नलीले भने त्यसअघि लिभरपुलले गरेका केही राम्रा अवसरलाई निस्तेज पारेको थियो। साथै बर्नलीले पनि लिभरपुलविरुद्ध केही राम्रा गोलका मौकासमेत बाएको थियो ।

प्रिमियर लिगमा अब १४ खेल खेल्न बाँकी हुँदा लिभरपुल अझै उपाधि होडमा कायमै छ । लिभरपुलको २४ खेलबाट ५४ अंक रहेको छ । शीर्ष स्थानको सिटीकव २५ खेलबाट ६३ अंक रहेको छ। बर्नलीको २० खेलबाट १४ अंक छ र लिगको पुछारमा कायमै छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गतनै भएको खेलमा टोटेन्ह्याम वल्भेससँग २-० ले पराजित भयो । त्यस्तै लेस्टर सिटी र वेस्टह्यामले २-२ गोलको बराबरी खेले । खेलमा वल्भेसले छैटौं मिनेटमानै जिमेनेजको गोलमार्फत अग्रता लिएको थियो । सुरुवातमानै टोटेनह्याममाथि दबाब बढाउने क्रममा डेनमोनकेरले १८ औँ मिनेटमानै टीमको अग्रता दोब्बर बनाए ।

त्यसपछि भने खेलमा दुवै तर्फबाट गोल हुन सकेन । पराजयपछि टोटेन्ह्यामको ३६ अंक भएको ३६ अंकका साथ नवौँ स्थानमा धकेलिएको छ। जितपछि वल्भेस भने ३७ अंकका साथ सातौँ स्थानमा उक्लियो ।

खेलमा लेस्टर र वेस्टह्यामले भने २-२ गोलको बराबरी खेल्दै अंक बाँडे । पराजय उन्मुख रहेको अवस्थामा वेस्टह्यामलाई ड्वासनले अतिरिक्त समयमा बराबरी गोल गर्दै एक अंक खोसेका थिए । त्यसअघि बोवेनको गोलमार्फत १० औ मिनेटमा वेस्टह्यामले अग्रता लिएको थियो ।

तर लेस्टरले टिलेमानसको ४५ औँ मिनेटको गोलमा बराबरी गर्दा रिकार्डो पेरेराले ५७ औँ मिनेटमा लेस्टरलाई अग्रता दिलाएका थिए । वेस्टह्याम बराबरीपछि पनि चौथो स्थानमा कायम रहँदा लेस्टरले पनि २७ अंकका साथ ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =