सहिद स्मारक ’ए’ डिभिजन : आइतबारका दुबै खेल बराबरी

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार भएको खेलमा एनआरटी र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले खेल अवधिभर गोलको अवसर निकाल्न सकेनन् । एनआरटीको तुलनामा हिमालयनले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन् । योसँगै एनआरटीले १० खेलमा १४ अंक जोडेको छ । हिमालयन १० खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । खेलमा हिमालयनका आशिष गुरुङ प्लेयर अफ दि म्याच चुनिए । एनआरटीका सनम लिम्बु इमर्जिङ प्लेयर चुनिए ।

यस्तै आइतबार नै भएको अर्को खेलमा एपीएफ र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *