अन्य चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमाले छलफलमा

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको पुनःस्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधान मन्त्री बनाउन आदेश दिने प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित पाँच न्यायाधीशविरुद्ध महाअभियोग लगाउने आन्तरिक तयारी थालेको छ ।

सत्ता पक्षका ९८ सांसदले प्रधान न्याधीश जबराविरुद्ध महाअधियोगको प्रस्ताव दर्ता गरेसँगै एमालेले अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने तयारी गरेको हो ।

एमाले संसदीय दलका एक पदाधीकारीका अनुसार न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई पनि महाअभियोग लगाउन आन्तरिक छलफल गरिने भएको छ । प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू कार्की, खड्का, खतिवडा र भट्टराईको इजलासले २८ असारमा प्रतिनिधिसभाको पुनःस्थापना गरेको थियो ।

निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधान मन्त्री बनाउन परमादेशसमेत जारी गरेको थियो । देउवा प्रधान मन्त्री भएपछि जबराले सरकारमा आफ्नो भाग खोजेको भन्दै कानुन व्यवसायीले उनको राजीनामाको माग गर्दै आएका थिए ।

यो पनि

प्रधान न्यायाधीशमाथि महाभियोग : के भन्छ एमाले ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *