कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काममाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आज न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि कुटपिटको आरोपमा कपिलवस्तु अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सांसद शाहसहित कृष्णनगरका मेयर रजतप्रताप शाहविरूद्व ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । साथै शर्मालाई पनि आपराधिक उपद्रवसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =