सभामुखले बाेलाए सर्वदलीय बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले भोलि दिउँसो बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन् ।

सोमवार दिउँसो २ बजे बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सत्तारूढमध्ये तीन दलका सांसदले आइतबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । उनले आइतवार नै सोमवार बस्ने गरी यसअघि बोलाइएको बैठक फागुन ४ गतेका लागि बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *