रहिमको ह्याट्रिकमा नर्विचमाथि सिटीको रवाफ 

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आफ्नो प्रभावशाली प्रदर्शन कायमै राखेको छ। अक्टोबर यता अपराजित रहँदै आएको सिटीले शनिबार राति भएको खेलमा रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि ४-० को एकपक्षीय जित निकाल्दा इंग्लिस फर्वाड रहिम स्ट्रलिङले ह्याट्रिक पुरा गरे।

शनिबार राति भएको खेलमा २१ वर्षीय रहिमले ३० औँ मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए। पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफको सुरुवातमा नै अग्रता दोब्बर बनायो। ४८ औँ मिनेटमा फिल फोडेनको गोलमार्फत टीमले अग्रता २-० मा पुर्‍याएको थियो।

त्यसपछि ७० औँ मिनेटमा रहिमले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरे। २१ वर्षीय रहिमले ९० औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। नर्विचले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रहिमले गरेको प्रहार गोलरक्षकले रोके पनि पाएको रिबाउन्डलाई रहिमले गोल गर्दे खेलमा ह्याट्रिक पूरा गरेका थिए।

जितसँगै सिटीले २५ खेलमा ६३ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको ५१ अंक रहेको छ। नर्विच १७ अंक जोडेर १८ औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *