चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि

काठमाडौँ । चेल्सीले फिफा क्लब फुटबलको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेइराज क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयको ११७ मिनेटमा चेल्सीका काइ हाभेर्टजले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई जिताएका थिए ।

यसअघि चेल्सीका लागि खेलको ५५औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने पाल्मेइराजका लागि खेलको ६४औ मिनेटमा राफेल भेइगाले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितसँगै यसअघि २०११ मा उपविजेता बनेको चेल्सी पहिलो पटक क्लब विश्वकपको विजेता बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *