फुटबलर मनिष डाँगी घाइते, मैदानमै ढलेपछि अस्पताल लगियो

काठमाडौँ । राष्ट्रिय टिम तथा मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी खेल्ने क्रममा घाइते भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार च्यासल युथ क्लबसँगको खेलका क्रममा मनिष मैदानमै घाइते भएका हुन् ।

उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । ६५औँ मिनेटमा हेडिङ गर्ने क्रममा उनी च्यासलका यानिक केचसँग ठोकिन पुगेका थिए । टाउको ठोकिँदा उनी मैदानमै ढलेका थिए । उनलाई मैदानमै आपतकालीन जीवन रक्षक उपचार विधी (सीपीआर) दिइएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिपुरेश्वरमै रहेको ब्लु क्रस अस्पताल लगिएको हो । च्यासल र मच्छिन्द्र दुवै टोलीका खेलाडीले मनीषको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *