फ्रेन्च लिग वान

एमबाप्पेको गोलमा पीएसजीको जित, बनायो १६ अंकको अग्रता

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले घरेलु मैदानमा रेन्नेसलाई १-० ले पराजित गरेको हो ।

पीएसजीको जितमा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा किलियन एमबाप्पेले गरेको गोल नै निर्णायक गोल बनेको थियो । एमबाप्पेको यस गोललाई लियोनेल मेस्सीले असिस्ट गरेका थिए ।

यो जितपछि लिग वानमा शीर्ष स्थानमा रहेको पीएसजीले आफ्नो अग्रता बढाएको छ । पीएसजीको २४ खेलमा ५९ अंक छ र दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १६ अंकले अगाडी छ । त्यस्तै रेन्नेसको भने २४ खेलमा ३७ अंक छ र लिगमा पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *