साताका सात तस्बिर

माघको चौथो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

बल्ल विद्यालय 

कोरोनाको तेस्रो लहर शुरु भएपछि बन्द भएका विद्यालय खुलेसँगै विद्यालय परिसरमा प्रवेश गर्दै विद्यार्थी । सीसीएमसीले फागुन १ गतेदेखि विद्यालय खोल्ने सिफारिस गरेपनि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले माघ २३ गतेदेखि नै नगर क्षेत्रका विद्यालय खोलेको छ ।

अक्षर र आशा

श्रीपञ्चमीमा काठमाडौँको निलसरस्वती मन्दिरमा काखमा नानी च्यापेर कखरा लेख्दै अभिभावक । श्रीपञ्चमीको दिन सरस्वतीको मन्दिरमा आफ्ना नानीबाबुलाई अक्षरारम्भ गराउने चलन छ ।

सडक र सास्ती

हिलामय काठमाडौँ लाजिम्पाटको निलसरस्वती मार्ग । समयमै निर्माण सम्पन्न नहुँदा यो मार्ग हिलामय भएको हो ।

खोपको पालो

कोरोनाविरुद्धको खोप लगाउन पालो कुर्दै विद्यार्थी । सरकारले १२ देखि १७ वर्ष सम्म उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । यसैक्रममा अहिले देशैभरका विद्यालयमा खोपको दोस्रो मात्रा दिन थालिएको छ ।

जीवनदान

उपचारका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम गर्ने गरेका छन् ।

लकचदार सेपरेटर

ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि बिजुली बजारसम्मको सडकमा नयाँ खाले ‘लेन सेपेरेटर’ राखेको छ । बत्ती बल्ने र लचकदार लेन सेपेरेटर प्रयोगमा आएपछि रातको समयमा दुर्घटना कम हुने र भइहाले पनि क्षति न्यून हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पूजा

सरस्वती पूजाको दिन आफ्नो विद्यालयमा सरस्वती पूजा गर्न आएकी विद्यार्थी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *