सुमनले अन्तिम मिनेटमा गोल गरेपछि आर्मी जावालाखेलसँगको हारबाट जोगियो

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा रहेको त्रिभुवन आर्मी जावालाखेलसँग संघर्षपुर्ण बराबरी गर्न सफल भएको छ । लिगअन्तर्गत शुक्रबार भएको खेलमा अन्तिम मिनेटमा सुमन अर्यालले आर्मीको हार टारेका थिए । सुमनले सात मिनेट थप गरिएको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जावालाखेल तीन अंक नजिक पुगेर स्तब्ध बन्यो ।

त्यसअघि केन्याली खेलाडी अनगुना जुनियरले दोस्रो हाफमा गरेको एकमात्र गोलमा जावलाखेलले खेलमा अग्रता बनाएको थियो । दशौं चरण अन्तर्गत त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी र जावालाखले युथ क्लबबीचको पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफको ५४ औ मिनेटमा अग्रता बनाएको थियो ।

अनगुनाले दुई डिफेन्डरको बीचबाट दोस्रोबार च्याप्दै गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि दुबै टीमले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल गर्न सकिरहेका थिएनन् ।

यद्यपि आर्मीले अतिरिक्त समयमा सानदार फ्रिकिको अवसर पाएको थियो । तर गोलरक्षकले क्लियर गर्दा संभावित बराबरीको खतराबाट जावालाखेल जोगियो । तर अन्तिम मिनेट जावालाखेलका लागि विर्सन लायक बन्यो । सुमनले डिबक्समा पाएको बललाई फाइनल टच दिएका थिए । यसअघि पहिलो हाफमा दुबै टीमले केही अवसर पाएपनि गोल गर्न सकेनन् । अनगुना जुनियरलेनै आर्मीविरुद्व केही राम्रा सटहरु प्रहार गरेका थिए ।

ओनगुनाले दुई डिफेन्डर विट गर्दै २२ औ मिनेटमा गरेको प्रहार गोलरक्षक विशेश कुथुले सानदार बचाउ गरेका थिए । त्यसपछि पनि जावलाखेलले केही खतरनाक अवसर बनाएपनि सदुपयोग गर्न सकेन । आर्मीले पनि जावलाखेलको पोस्टमा गरेका केही प्रहार सफल भएनन् ।

दशौं चरणको समाप्तीसँगै ९ अंकका साथ जावलाखेल ११ आंै स्थानमा कायमै रह्यो । आर्मी भने १८ अंकका साथ तेस्रो स्थानमा कायमै रह्यो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *