एमसीसी कुनै सैन्य रणनीतिमा छैन : डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा उनले एमसीसी नेपालको पहलमा छनोट भएर आएको परियोजना भएकाले यसमा अमेरिकाको कुनै दबाब स्वार्थ नरहेको बताएका हुन् ।

उनले एमसीसीजस्तो परियोजना रोक्न झुटको प्रचार भइरहेको धारणा राखे । एमसीसी सम्झौतामा नजोडिएका कुनै पनि दल र नेता नरहेको भन्दै उनले नेताहरूले नै यसको विरोध गरिरहेको उनको भनाइ छ । उनले एमसीसी कुनै सैन्य रणनीति नरहेको पनि बताए ।

उनले संसदमा छलफल गरेर यसलाई पारित गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *