इंग्लिस प्रिमियर लिग : लिभरपुल र आर्सनल विजयी

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । बिहीबार भएको खेलमा लेस्टर सिटीलाई २-० ले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने प्रयास गरेको छ ।

त्यस्तै चौथो स्थानका लागि सङ्घर्षरत रहेको आर्सनलले पनि म्यानचेस्टर युनाईटेडलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लियो । बिहीबारनै भएको खेलमा आर्सनल वल्भेसलाई १-० ले पराजित गर्दै समान अंक भएपनि युनाईटेडलाई गोल अन्तरमा पछि पार्न आर्सनल सफल भयो ।

खेलमा लिभरपुलको जितमा डियोगो जोताले दुवै गोल गरेका थिए । ३४ औ मिनेटमा पहिलो गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका जोताले अर्को गोल खेल सकिन ३ मिनेट बाँकी हुँदा सम्भव बनाए । जारी सिजन खराब प्रदर्शनको सिकार भएको लेस्टर भने सीमित अवसरमा गोल गर्न सकेन ।

अर्को खेलमा वल्भेसलाई १-० ले पराजित गर्दै आर्सनल पाँचौँ स्थानमा उक्लियो। आर्सनलका लागि २५ औ मिनेटमा गाब्रियलले एलेक्जेन्डर लेकाजेटको पासलाई सदुपयोग गर्दै गरेको एकमात्र गोल निर्णायक बनेको थियो । ६९ औ मिनेटमा मार्टिनेली दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिएका थिए ।

खेलपछि लिगमा लिभरपुलको २३ खेलबाट ५१ अंक भएको छ भने आर्सनलको २२ खेलबाट ३९ अंक भएको छ । समान अंक भएपनि युनाईटेडलाई पछि पार्दै आर्सनल पाँचौँ स्थानमा उक्लियो । २४ खेलबाट शीर्ष स्थानको सिटीको ६० अंक छ । लिभरपुलसँग पराजित लेस्टरको २१ खेलबाट २६ अंकका साथ १२ औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =