चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाडौँ । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा चेल्सीले साउदी अरेबियन क्लब अल हिलाललाई १-० ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो।
अब चेल्सीले ब्राजिलियन क्लब पाल्मेराससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युएइको अबुधाबीस्थित मेद बिन जायद स्टेडियममा भएको सेमिफाइनलमा चेल्सीका लागि रोमेलु लुकाकुले गरेको एक मात्र गोल निर्णायक बन्यो।
चेल्सीको जितमा प्रशिक्षक थोमस टुचेल भने उपस्थित हुन सकेनन्। उनी कोभिड पोजेटिभ भएपछि आइसोलेसनमा रहेका छन्। चेल्सीको जितमा ३२ औँ मिनेटमा लुकाकुले अग्रता दिलाए।
त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा उक्त अग्रता नै निर्णायक बनेको थियो। अल हिलालले पनि चेल्सीविरुद्ध गोलका केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन। अब युरो च्याम्पियन चेल्सीले शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।








