सुजुकीले ल्यायाे घरदैलाैमै गाडी मर्मत् सेवा ‘वर्कसप अन ह्विल’

काठमाडाैँ । सुजुकीले नेपाली ग्राहकहरूका लागि घरदैलाेमै गाडी मर्मत सेवा शुरू गरेकाे छ ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्गस् अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि ‘वर्कसप अन ह्वील’ शुरू गरेकाे हाे ।

स्मार्ट वो वर्कसपको नयाँ याेजनाअनुसार अब सुजुकी ग्राहकले आफ्नाे घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने सीजी मोटोकर्पले जनाएकाे छ ।

कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरू गाडी सम्बन्धी कार्यहरू गरिनेछन् ।

सुजुकीको अफ्टर सेल्स तथापार्ट्सका महाप्रबन्धक श्यामश्रेष्ठका अनुसार, यो नयाँ पहल हाम्रो ग्राहकमाझमा ल्याउन पाउँदा हामी हर्षित छौँ । यो चारपांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धी कार्य गर्नेछ। यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिने छ ।

यो सेवा हाल काठमाडौँ , पोखरा, भैरहवा र नारायणघाटमा उपलब्ध रहेकाे श्रेष्ठले जनाएका छन् । त्यस्तै, याे सेवा चाँडै नेपालका प्रमुख सहरहरूमा समेत उपलब्ध हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *