‘नेपालबाट एमसीसी फिर्ता नै उत्तम विकल्प हो’

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अमेरिकाले फिर्ता लैजानु नै उपयुक्त हुने बताएका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गाैतमले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित भएकाले फिर्ता लैजानु उपयुक्त हुने बताएका हुन् ।

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नु पर्नेमा पनि गौतमको जोड छ । उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको पनि बताएका छन् ।

एमसीसी परियोजनाका कारण सत्तारूढ पाँच दलीय गठबन्धन संकटमा परेका बेला नेता गौतमको यो अभिव्यक्ति आएको हो ।

विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *