सभामुखविरुद्ध महाभियाेग प्रस्ताव दर्ता हुनसक्छ : महेश बस्नेत

काठमाडाैँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाभियोग ल्याउनसकिने परिस्थिति सिर्जना हुनसक्ने बताएका हुन् ।

बस्नेतले सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरू सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको समेत दाबी गरे । बस्नेतले सभामुखले सदनमा अभिभावकीय भूमिका निर्वाह गर्नसक्नुपर्ने धारणा राखे । त्यस्तै उनले सबैको दवाबका कारण सरकारले वैशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए ।

बस्नेतले सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसीसीका बारेमा धारणा तय गर्ने जिकीर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *