काठमाडाैँमा बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा दिइँदै

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले साेमवारदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरू गरेको छ ।

खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा दोस्राे डोज लगाउन सक्नेछन् ।

शनिवारबाहेक अरू सबैदिन बिहान १० बजेदेखि दिउँसाे ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्ने महानगरले जनाएको छ ।

महानगरले सबै वडा कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोप लगाउन निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *