गोकर्णेश्वरका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन शुरु भएको छ । नगरपालिकाले आफ्नो पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको हो ।

कोरोनाको तेस्रो लहरको सङ्क्रमण उच्च गतिमा बढेपछि सरकारले स्मार्ट लकडाउनको घोषणा गर्दै माघ मसान्तसम्म सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । तर गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिको गत माघ १८ गते बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

आइतबारदेखि विद्यालय खुलेपनि सरस्वती पूजा परेकोले आजबाट नियमित पठनपाठन शुरु गरिएको छ । सिसिएमसीले भने फाल्गुन १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।

सरकारी निर्णय आउनु अगावै विद्यालय खोल्ने अनुमति दिएकोबारे मेयर सन्तोष चालिसे स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताउँछन् ।

नगरपालिका भित्रका सबै विद्यालयहरूमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइसकेको र आजबाट दोस्रो मात्रा दिन शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *