प्रधान मन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ। प्रधान मन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रख्यात गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । प्रधान मन्त्री देउवाले ट्वीट गर्दै कैयौँ लोकप्रिय नेपाली गीतमा समेत आवाज दिएकी भारतीय गायिका मंगेशकरको निधनको खबरले आफू दुःखी भएको बताएका छन् ।

प्रधान मन्त्री देउवाले दिवङ्गत मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =