फ्रान्सेली लिग वान

सानदार जितसँगै पीएसजीलाई १३ अंकको अग्रता

काठमाडाैँ । फ्रेन्च लिग वानमा पिएसजीले लिलमाथि ५-१ को फराकिलो जित निकालेको छ । लियोनेल मेसीले लिग वानमा दोस्रो गोल गरेको खेलमा पीएसजीले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको हो ।

सोमबार राति भएको खेलमा जितसँगै पीएसजीले शीर्ष स्थानमा दोस्रो स्थानको मार्सेलीसँग १३ अंकको अग्रता बनाएको छ । खेलमा १० औँ मिनेटमानै डनिलो पेरेराको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । तर बोटमानको गोलमार्फत २८ औँ मिनेटमा लिलले खेल बराबरीमा ल्यायो । मेसीको पासलाई प्रेशनेल किम्पाम्बेले गोल गर्दै ३२ औँ मिनेटमा पीएसजीले अग्रता लियो । ३८ औँ मिनेटमानै मेसीले गोल गर्दै पहिलो हाफमा टीमलाई ३-१ को अवस्थामा पुर्‍याए ।

दोस्रो हाफमा पनि पीएसजीले आफ्नो रवाफ कायम राख्यो । पहिलो गोल गरेका डानिलोलेनै ५१ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गर्दा एम्बाप्पेले ६७ औँ मिनेटमा पाँचौँ गोल सम्भव बनाए ।

जितपछि पीएसजीको २३ खेलबाट ५६ अंक भएको छ । दोस्रो स्थानको मार्सेलीको समान खेलबाट ४३ अंक रहँदा नाइस ४२ अंकका साथ तेस्रो स्थानमा छ । लिल ३२ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *