स्पेनिस ला लिगा

बार्सिलोना र रियलको जित, एट्लेटिको पराजित

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी, रोनाल्ड अराउजो र डानी आल्भेजले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिको म्याड्रिडका लागि यानिक कारस्को र लुइस स्वरेजले एक एक गोल गरेका थिए । यस खेलमा बार्सिलोनाका डानी आल्भेजले खेलको ६९औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

योजितपछि बार्सिलोना ला लिगामा चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २२ खेलमा ३८ अंक भएको छ । त्यस्तै एटलेटिको म्याड्रिड भने २२ खेलमा ३६ अंकसहित पाँचौँ स्थानमा झरेको छ ।

राति नै भएको खेलमा लिग लिडर रियल म्याड्रिडले ग्रानडाविरुद्ध घरेलु मैदानमा १-० को कठिन जित निकाल्यो । रियल म्याड्रिडको जितमा खेलको ७४औँ मिनेटमा मार्को असेन्सियोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । असेन्सियोले एडर मिलिताओको असिस्टमा गोल गरेका थिए ।

योजितपछि रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिडको २३ खेलमा ५३ अंक भएको छ र दोस्रो स्थानमा रहेको सेभियाभन्दा स्पष्ट ६ अंकले अगाडी रहेको छ । त्यस्तै ग्रानडाको भने २३ खेलमा २४ अंक रहेको छ र लिगमा १६औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *