सिटी, चेल्सी, एभर्टन र टोटेनह्याम पाँचौँ चरणमा

काठमाडौँ । म्यानचेस्टर सिटी, टोटेनह्याम, एभर्टन र चेल्सी एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छन् । शनिबार राति भएको फरक खेलमा इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले फुलहमलाई ४-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्‍यो ।

घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महरेजले दुई तथा इल्के गुन्डोगान र जोन स्टोन्सले एक एक गोल गरे । खेलको चौथो मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै भ्रमणकारी टोली फुलहमले अग्रता लिएको थियो । तर घरेलु टोली सिटीले दुई मिनेटमै गोल फर्काउँदा पुनरागमन गर्दै सहज जित निकाल्यो ।

अर्को खेलमा प्लेमाउथलाई अतिरिक्त समयमा २-१ अन्तरले पराजित गर्दै चेल्सी विजयी भयो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको आठौँ मिनेटमा मेकोउले गिलेस्फेले गोल गर्दै भ्रमणकारी टोली प्लेमाउथलाई सुरुआती अग्रता दिलाएका थिए । तर कप्तान सेजर एज्पिलिक्वेटा र मार्कोस अलन्सोले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यस्तै टोटेनह्यामले ब्राइटनलाई ३-१ ले पराजित गर्‍यो । टोटनहमको जितमा ह्यारी केनले दुई गोल गरे भने एक गोल आत्मघाती पायो । अर्को खेलमा फ्रान्क लाम्पार्टले म्यानेजरको रूपमा सुखद सुरुआत गर्दा एभर्टनलले ब्रेन्टफोर्डलाई ४-१ अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *