हल्ट प्राइज एट आईओई : ५० टीम सेमिफाइनल प्रवेश

काठमाडौँ । ‘संसारलाई काममा फर्काउँदै’ विषयवस्तुमा केन्द्रित वार्षिक प्रतियोगिता ‘हल्ट प्राइज एट आईओई’ पुल्चोक क्याम्पसमा आयोजना भइरहेको छ । आयोजनामा ५० टीम सेमिफाइनल प्रेश गरेका छन् । ‘हल्ट प्राइज’ लाई विद्यार्थीहरूको नोबल पुरस्कार मानिन्छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसकै विद्यार्थीहरूको प्रयासमा यो भव्य कार्यक्रम चलिआएको छ । कार्यशालामा कूल १०६ उद्यमी टीम दर्ता भएका थिए । ५० टीमहरूले सेमिफाइनलमा प्रवेश पाएका हुन् । ३ देखि ४ युनिभर्सिटी तहका विद्यार्थीहरू सम्मितिल हरेक टीमलाई उनीहरूद्वारा पेश गरिएको व्यापार प्रस्तावका आधारमा चयन गरिएको हो ।

चार उद्यमशीलता टक सिरिज र दुई वर्कशपमा महिना दिनसम्म राष्ट्रिय र अन्तराष्ट्रिय अतिथी वक्ताहरूसहित देशका ११ इन्जिनियरिङ कलेजहरू समेटिँदैछन् । ‘हल्ट प्राइज एट आईओई’ महिनाकै टप अन क्याम्पस प्रोगरामका रूपमा विश्वमै फिचर्ड भएको थियो ।

सेमिफाइनलमा उद्यमी र प्रेरणादायी व्यक्तिहरू पियुष बर्मा, मोहम्मद जिया उद्दिन, तुषार जाधव, क्रिस्टिन गोल्ड, आयुष बत्ती, अशोक कोइराला, निशेष तिवारी निर्णायक छन् । ५० टीमहरूले यिनै निर्णायकसामू आफ्ना व्यापार विचारहरू पेश गर्नेछन् । जसमध्ये १८ टीमहरूलाई फाइनलका लागि चयन गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *