माइतीघर-बानेश्वर सडक खण्डमा नयाँ ‘लेन सेपरेटर'(तस्बिरहरू)

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले माइतीघर – नयाँ बानेश्वर सडक खण्डमा स्वचालित बत्ती सहितको ‘लेन सेपरेटर’ जडान शुरू गरेको छ। सोलार बत्तीसहित जडान भैरहेका लेन सेपरेटर यसअघिका सेपरेटर भन्दा गुणस्तरीय रहेको महानगरपालिकाले जनाएको छ ।

हाल प्रयोग भइरहेको सिमेन्ट र प्लास्टिकका ठूला आकारका लेन सेपरेटरले ठाउँ बढी ओगट्ने र २ पाङ्ग्रे सवारी ठोक्किएर दुर्घटना हुने जोखिम धेरै भएकाले त्यसलाई विस्थापित गर्न ७ मिटरको फरकमा माइतीघरदेखि बबरमहलसम्म ४० वटा लेन सेपरेटर प्रयोगमा ल्याउन लागिएको जनाएको छ ।

यी लेन सेपरेटर सुरक्षित हुनुका साथै सडकको सुन्दरता पनि बढाउन महानगरपालिकाको दाबी छ । यसलाई थप विस्तार गर्दै महानगरको सबै प्रमुख सडकहरूमा राख्ने  महानगरपालिकाको योजना छ ।

यी लेन सेपरेटरकाे टुप्पोमा बत्ति बल्ने भएकाले राती पनि देख्न सकिने तथा लचकदार भएकाले माेटरसाइकल वा अन्य सवारीसाधन ठाेक्किएर घाइते हुने वा ज्यानै जाने अवस्था नहुने महानगरपालिकाकाे दाबी छ । यसअघिका सिमेन्ट वा प्लाष्टिकका कडा डिभाइडरले सडकमा धेरै भाग ओगट्नुका साथै दुर्घटनामा ज्यान जाने र घाइते हुने सम्भाजना धेरै हुने गरेको थियो ।

प्रतिक्रिया

One thought on “माइतीघर-बानेश्वर सडक खण्डमा नयाँ ‘लेन सेपरेटर'(तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *