साताका सात तस्बिर

माघको तेस्रो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

सरकारले पालिकाबाटै नागरिकलाई राष्ट्रिय उपलब्ध गराउन सुरु गरेको छ । राष्ट्रिय परिचयपत्रको लागी रेटिना रेकर्ड गराउँदै सेवाग्राही

सहिद दिवसको अवसरमा माघ १६ नेपाल विद्यार्थी संघ ले काठमाडौँको सहिदगेटमा गरेको द्विप प्रज्वलन

नेपाल आयल निगमले पेट्रोलियमको मूल्य वृद्धि गरेको विरोधमा एमाले निकट युवा संघले काठमाडौँमा निकालेको मसाल जुलुस

उपत्यकामा सडकपेटी अतिक्रमण नियन्त्रण गराउन अनामनगरको धोविखोला कोरिडरमै पुगेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री

नेवार समुदायका कन्यालाई प्रथम रजस्वला हुनु अघि १२ दिन सम्म एकान्तबास (गुफा) राखेर साइतअनुसार सूर्यको दर्शन गराइने परम्परा अर्थात् सूर्य दर्शनमा सहभागी बालिका । नेवारी संस्कारका १० संस्कार मध्ये सूर्य दर्शन एक हो ।

२४ लाख डोज कोरोनाविरुद्धको खोप हराएको भन्दै स्वास्थ्यमन्त्री लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका एमाले निकट युवा संघका कार्यकर्ता

सरकारले स्थानीय तहको निर्वाचन गर्न आलटाल गरेको आरोप लगाउँदै एमाले निकट अखिलले निर्वाचन आयोगको कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म गरेको मार्च पास ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *