विद्यालय सञ्चालन गर्ने-नगर्नेबारे सिंहदरबारमा छलफल

काठमाडाैँ । काेराेना संक्रमणबाट बन्द भएका विद्यालय सञ्चालन गर्ने-नगर्ने बारे सिंहदरबारमा छलफल भइरहेकाे छ ।

सिंदहरबारस्थित प्रधानमन्त्री कार्यालयमा भइरहेकाे छलफलमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् ।

यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रूपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *