मूख्य प्रशिक्षक अल्मुताइरीलाई सरकारको सम्मान

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।

बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने सरकारको निर्णय अनुसार प्रशिक्षक अल्मुताइरीलाई सम्मान गरिएको हो ।

सरकारले राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेअनुसार सरकारले राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई गत पुष ६ गते नगदसहित सम्मान गरेको थियो । त्यसबेला नेपालमा नरहेका कारण अल्मुताइरीलाई आज सम्मान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *