बहुप्रतिक्षित चलचित्र गंगुबाइको ट्रेलर सार्वजनिक

काठमाडौं । बहुप्रतीक्षित भनिएको बलिउड फिल् ‘गंगुबाइ कठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ ।

आलिया भट् र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्रमा आलियाले मुम्बईकी माफिया क्वीनको नामले चिनिने गंगुबाइ बनेकी छन् । एक ‘यौनकर्मी’ महिलाले राजनीतिक नेता बन्न तय गरेको यात्रा यो चलचित्रको मुख्य कथावस्तु हो ।

करीब साढे २ मिनेट लामो ट्रेलरमा अधिकांश समय आलिया नै देखिन्छिन् भने अजयको छोटो इन्ट्री गराइएको छ ।

संजयलीला भन्सालीको निर्माण र निर्देशन रहेको यो चलचित्र फेब्रुअरी २५ मा रिलिज हुने बताइएको छ । यो चलचित्रको रिलिज यसअघि कोरोनाका कारण पटक पटक स्थगित गरिएको थियो । अहिले सुस्ताएको भारतीय फिल्म उद्योग गंगुवाईको प्रदर्शन भएपछि मुर्झाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *