नेप्सेको सीईओमा कार्की नियुक्त
२०७८ माघ २० गते

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेका पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयपछि नयाँ सीईओ नियुक्ति गरिएको हो ।
छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले कार्कीलाई सीईओमा नियुक्ति गरेको छ ।
२०७८ माघ २० गते
प्रतिक्रिया








