एमसीसीबारे सल्लाह गरेर निर्णय गर्छौँं, गठबन्धन कायम रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण अहिलेको सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् । कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।

गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने प्रचण्डको दाबी छ । उनले एमसीसीबारे पार्टीहरुका भिन्न भिन्न धारणा रहेको भन्दै यसबारेको निर्णय सल्लाहमै गरिने पनि बताए । केही विषयमा परिमार्जन गरेर एमसीसी पारित गर्नुपर्ने कुरा अहिले उठिरहेको भन्दै अध्यक्ष प्रचण्डले परिमार्जन गरेर एमसीसी पारित हुने संकेत पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *