त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित तीन जना पक्राउ

काठमाडौँ । झण्डै एक करोड रुपैयाँको सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् ।

प्रहरीले बुधवार रौतहटको गौर नगरपालिका १० का सुनिलकुमार साह, मकवानपुरको मनहरी नगरपालिका ७ का नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ३का दावा छिरिङ शेर्पालाई अवैध सुन र मोबाइलसहित पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

दुबईबाट काठमाडौँ आएका साहबाट ६ लाख ४० हजार बराबरको चार वटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री, दुबईबाटै आएका परियारको साथबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुईटा औंठी र शारजाहबाट आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७.५ रुपैयाँ बराबरको एक किलो ५५ ग्राम सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

शेर्पाले सुनलाई अर्धठोस अवस्थाको बनाएर तीन वटा पोकामा मलद्वारमा लुकाएर ल्याएको पनि प्रहरीले जनाएको छ । बरामद सुनको मुल्य जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ रहेको पनि प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *