‘कांगेसले सभामुखविरुद्ध महाभियाेग ल्याए एमालेले साथ दिन्छ’

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरूले साथ दिने बताएका छन् ।
बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरू सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताए । यद्यपि आफूहरूले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनको भनाइ छ ।
रायमाझीले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँगपनि गठबन्धन नगर्ने स्पष्ट पारे । उनले एमालेलाई चुनावमा गठबन्धन वा महागठबन्धन जरुरी नरहेको पनि जिकिर गरे । एमाले आफ्नो एजेन्डा लिएर अघि बढिरहेको बताउँदै आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमत र शानदार विजयी हासिल गर्ने उनको भनाइ छ । त्यस्तै उनले अमेरिकी सहयोग सम्झौता एमसीसीको सवालमा पार्टीले अहिले नै आधिकारिक धारणा नबनाएको स्पष्ट पारे ।
त्यस्तै, उनले आफूहरूले पाँच दलीय गठबन्धन तोड्न नखोजेको पनि स्पष्ट पारे ।
भिडियाेः








