अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

काठमाडौँ। बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलमा अधिकांश समय दुवै टीमले गोलरहित बराबरी खेले पनि अन्तिम ३० मिनेटमा सेनेगलले तीन गोल गर्दै सहज जित निकालेको थियो। खेलको सुरुवातमा नै सेनेगलले दुई ओटा पेनाल्टीको अवसर पाए पनि भिएआरले बुर्किना फासोलाई जोगाएको थियो।

अब्दोउ डिलोसले ७० औँ मिनेटमा पहिलो गोल गर्दै सेनेगललाई अग्रता दिलाए। इद्रिसा गुएसले साडियो मानेको पासलाई सदुपयोग गर्दै ७६ औँ मिनेटमा अग्रता दिलाएका थिए।

८२ औँ मिनेटमा ब्लाटी टुरेले बुर्किना फासोका लागि गोल फर्काए पनि टीमको हार टार्न पर्याप्त भएन । तर टिमको सहज जितका लागि भने साडियो मानेले ८७ औँ मिनेटमा गोल गरेका थिए। मानेको यो २९ औँ गोल हो। अब फाइनलमा सेनेगलले इजिप्ट र क्यामरुनबिचको विजेतासँग आइतबार प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =