बीपीमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै दिन दुईजना कोेरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–८ निवासी ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् । खोप लगाएकी महिलाको माघ १६ गते गरिएको परिक्षणबाट कोभिड-१९ संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी थिइन् । उनको मृगौलामा समस्या र मधुमेहसमेत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै धरानका अर्का एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । धरान ११ का ६३ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सहप्रवक्ता पोखरेलले बताए । मधुमेहको बिरामी रहेका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *