कहाँबाट आयो टिकटकमा भाइरल ‘कच्चा बदाम’ ?

काठमाडाैँ । केही दिनयता सामाजिक सञ्जालमा एउटा गीत भाइरल बनेकाे छ । सञ्जालकाे टिकटक र इन्स्टाग्राममा भाइरल बनेकाे उक्त गीतकाे शब्द नबुझिए पनि मान्छेहरूले त्यसमा गरिएका काेरियाेग्राफी वा डान्सकाे मज्जा लिइरहेका छन् । इन्टरनेटमा तहल्का मच्चाइरहेकाे उक्त गीत कहाँबाट आयाे, कसले लेख्याे, कसले गायाे वा कुन भाषाकाे हाे भन्ने कुराकाे उत्तर हामीले खाेजेका छाैँ ।

कहाँबाट आयाे ‘कच्चा बदाम’ गीत ?

‘कच्चा बादाम’ बंगाली भाषाकाे गीत हाे । जुन भुवन बड्याकर नामका एकजना बदाम व्यापारीकाे दिमागकाे उपज हाे । भुवन भारतकाे पश्चिम बंगालस्थित बीरभूम जिल्लामा बस्ने एक सामान्य नागरिक हुन् । जीविकाेपार्जनका लागि गाउँगाउँ घुमेर बदाम बेच्ने भुवन गीतानुसार काँचाे बदाम बेच्ने गर्छन् । उनी जब गाउँमा बदाम बेच्छन् तब याे गीत गाउँदै गाउँलेहरूलाई बदाम ल्याएकाे जानकारी दिन्छन् । उनकाे याे गीत बंगाली लोकधुन ‘बौल’बाट प्रभावित रहेकाे छ । उनी बदामकाे बदलामा घरका टुटाफुटा समान, चुरा इत्यादिसमेत लिने गर्छन् । भुवनका अनुसार उनी दिनमा २-४ केजी बदाम बेच्छन् । उनले गाएकाे कच्चा बदाम यहाँ सुन्नुस्ः

कच्चा बादाम’ इन्स्टाग्राममा कसरी भयाे भाइरल ?

भुवनकाे याे गीत सर्वप्रथम नाेभेम्बर २०२१ मा इन्टरनेमा पुग्याे । भुवन भन्छन्, ‘याे गीत भाइरल भएकाे पत्तै पाइनँ ।’

समाचार संस्था इन्डिया टुडेसँग बाेल्दै उनले कुनै गाउँमा एकजनाले उनकाे याे गीतकाे तारिफ गरेकाे र भिडिओसमेत सुट गरेकाे बताए । उनलाई भिडिओ बनाउने मान्छेकाे नाम याद छैन । इन्टरनेटमा गीतले प्रवेश पाएसँगै संगीतज्ञ नज्मु रिचैटले यसमा ‘बिट’ भरी रिमेक्स बनाइदिए । रिमेक्स भएपछि गीतमा कसैले काेरियाेग्राफी पनि गर्याे । त्यसपछि इन्स्टाग्राममा ‘कच्चा बदाम’ ट्रेन्डका रूपमा शुरू भयाे । इन्स्टाग्रामबाट शुरू भएकाे याे ट्रेन्ड अहिले टिकटकमा भाइरल बनेकाे छ । गीत अहिले भारत, नेपाल, पाकिस्तान तथा बंगलादेशमा समेत चर्चित छ ।

गीत भाइरल भएपछि प्रहरीसँग मद्दत माग्दैछन् भुवन

भुवन बड्याकर साधारण मान्छे हुन् । उनलाई सामाजिक सञ्जाल र इन्टरनेटकाेबारेमा खासै जानकारी छैन । तर, उनकाे गीत भाइरल भएर कयाैँ युट्युबर तथा सामाजिक सञ्जाल सञ्चालकहरूकाे आम्दानीकाे स्राेत बनेकाे छ । । तर, उनी अर्थात् गीतका सर्जक भने गुमनामप्रायः नै छन् । उनले प्रहरीमा गीतका लागि आफूले क्रेडिट पाउनुपर्ने माग राख्दै उजुरी दिएका छन् । त्यस्तै, उनले साे गीतबाट हुने आम्दानीमा समेत आफ्नाे हक लाग्ने बताएका छन् । उनले भने, ‘मान्छेहरूलाई याे गीत मेराे हाे भन्ने थाहा हाेस् । म सरकारसँग माग गर्न चाहन्छ, मलाई फन्ड दिइयाेस् र मेराे न्यूनत्तम जीविकाेपार्जनकाे व्यवस्था हाेस् ।’ -एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *