एनसेलले ल्यायाे ‘ननस्टप टाइम प्याक’

काठमाडौँ । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटाकाे आवश्यकता पूरा गर्न विभिन्न समयसीमाका टाइम प्याकहरू लिन सक्ने भएका छन् ।

ग्राहकहरूकाे आवश्यकताहरूलाई ध्यानमा राखी एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हाे । जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्ने छन् ।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । एनसेलले आफ्ना ग्राहकलाई उनीहरूको आवश्यकता अनुरूप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूका लागि यी प्याकहरू उत्तम हुने एनसेलले जनाएकाे छ ।

यस योजनामा ग्राहकले कर सहित रु १० मा १५ मिनेटको डेटा प्याक पाउनेछन् । त्यसैगरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्ने भएका छन् । यी प्याकहरू सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउने एनसेलले जनाएकाे छ ।

ग्राहकले सजिलैसँग *१७१२३# डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिने छ । त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्ने छ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरू गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित रु २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरूले पहिला देखिनै मन पराउँदै आएका छन् ।

यी टाइम प्याकहरूको समयवधि ग्राहकले प्याक सुचारु गरेको समयको आधारमा गणना गरिने छ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुने छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकहरूले यी प्याकहरू जति पटक पनि लिन सक्ने पनि एनसेलले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *