अनेरास्ववियुकाे सडक बहस सम्पन्न, समयमै चुनाव गराउन माग (तस्वीरहरू)

काठमाडाैँ । स्थानीय लगायतका निर्वाचनहरू समयमै गर्नुपर्ने माग राखेर आज प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस अगाडि नेकपा एमाले समर्थित अनेरास्ववियुले सडक बहस गरेको छ ।

यसअघि पनि अनेरास्ववियुले निर्धारित समयमै स्थानीय चुनाव गराउनका लागि सरकारलाई दबाब दिन विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । मंगलवार मात्र अनेरास्ववियुले पुल्चोकमा सूचना तथा सञ्चारमन्त्री सवार गाडी रोकेर कालोझण्डा देखाएको थियो । त्यस्तै, साँझमा विभिन्‍न क्याम्पसमा मसाल जुलुससहित प्रदर्शन गरेको थियो ।

यता, सरकारले भने मंगलवार नै निर्वाचन आयोगसँग परामर्श गरेर आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउन मिति प्रस्ताव गरिसकेको छ ।

आज आयोजित सडक बहस कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बराल, संघठनका पदाधिकारीहरू, स्थानीय सरकारप्रमुख लगायत कानुन व्यवसायीहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *