अनलाइन तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघको आयोजनामा प्रथम काठमाडौँ जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिता माघ २८ गते हुने भएको छ ।

प्रतियोगितामा विभिन्न २ सय डोजाङका २ सय डोजाङ प्रमुखहरुको सहभागिता रहने आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका हुन् ।

दुई एकल प्रतिस्पर्धा समावेश गरिएको छ । पुरुष/महिला १८ वर्षमाथि उमेरसमूहको खेल हुनेछ । पुरुष/महिला दुवैमा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजारका दरले नगद पुरस्कार पाउने छन् ।

सहभागीले माघ २३ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्ने छ । माघ २३ देखि २६ गतेसम्म भिडियो पठाउने अवधि तोकिएको छ । भिडियो बढीमा १ मिनेट २० सेकेन्डको मात्र हुनु पर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *