स्थानीय तहबाटै दिन थालियो राष्ट्रिय परिचयपत्र (तस्बिरहरू)

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न शुरु गरेको छ । यसभन्दा अघि परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण हुने हुँदा सेवाग्राहीको अत्यधिक भिड रहने गर्दथ्यो ।

रातभर लाइनमा बस्न बाध्य भएका सेवाग्राहीहरू अब राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नु पर्ने झन्झटबाट मुक्त भएका छन् । अहिले काठमाडौँ जिल्लाको ५ वटा नगरपालिका र देशभर अन्य २८ वटा पालिकाहरूबाट यो सेवा शुरु भएको छ ।

काठमाडौँमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि र नागार्जुन नगरपालिकामा स्थायी बसोबास गर्नेहरूको लागि यो सेवा शुरु भएको छ । यसैगरी अन्य पालिकाहरूमा पनि क्रमशः सेवा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *