क्लास्सिक टेकको बम्फर अफर, सबै सित्तैमा

काठमाडौँ । क्लास्सिक टेकले ७४ जिल्लाका १०३ आउलेटबाट सेवा सञ्चालनमा ल्याएको छ । नेपालमा सन् २००९ देखि सुरु भएको क्लास्सिक टेकले आफ्नो स्थापनाको १२ वर्षमा कम मूल्यमा सेवा दिँदै आएको जनाएको हो । क्लास्सिक टेकल ठूलो अफरअन्तर्गत छुट र बोलसको व्यवस्था गरेको छ ।

यो अफर नेपालमा पहिलो पटक भएको क्लास्सिक टेकले जनाएको छ । क्लास्सिक टेकले ग्राहकलाई तोकिएको प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस, राउटर पाउने व्यवस्था गरिएको बताएको छ ।

यस्तै कम्पनीले राउटर र फाइबर जडान गर्ने कम्पनीको टिम भएकाले ग्राहकलाई राउटर र फाइबर आफै नचाउन अनुरोध गरेको छ । कम्पनीले डबल बण्ड भएको राउटरले इन्टरनेटलाई अझै स्पीड गर्ने भएकाले अनलाईन कक्षा, गेम, डाउनललोड र भिडियो कलमा सुधार ल्याउने जनाएको छ ।

कम्पनीले विकशित सहरदेखि दुर्गम ग्रामिण क्षेत्रमासमेत इन्टरनेटको पहुँच पुगाउन न्यून मूल्यमा उच्च गतिको सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीले भविष्यमा पनि थप सुविधा ल्याउने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *