एरिक्सन ब्रेन्टफोर्डमा  अनुबन्ध, भन्छन्- मैदान उत्रन तयार छु

काठमाडौँ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग फर्किएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले एरिक्सनसँग जारी सिजनको अन्तसम्मका लागि सोमबार सम्झौता गरेको हो।

एरिक्सन २०२० को युरो कपमा फिनल्यान्डसँगके खेलका क्रममा मैदानमै ढलेका थिए । त्यसयता उनी पुन मैदान फर्किएका छैनन् । पछिल्लो समय २९ वर्षीय यी मिडफिल्डर डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए।

अनुबन्ध पछि ब्रेन्डफोर्डका प्रशिक्षक थोमस फ्रान्कले आफुहरुले क्रिस्टियनलाई अनुबन्ध गर्ने राम्रो अवसर पाएको बताए । उनले एरिक्सनले शीर्ष टिमसँग खेलेको अनुभव ब्रेन्टफोर्डका लागि लाभदायक हुने बताए । उनले एरिक्सनको उपस्थीतिले ड्रेसिङ रुमदेखी मैदान सम्मनै फरक पार्ने बताए।

एरिक्सनले अनुबन्धनपछि आफूलाई ब्रेन्ट फोर्डबाट मैदानमा उत्रिन  तयार रहेको बताएका छन् । उनले भने ‘म मैदान उत्रन अझै पनि कुर्न चाहन्नँ, म जतिसक्दो चाँडो मैदान फर्किन चाहन्छु।’

उनलाई केही समय अघि इटालियन क्लब इन्टरमिलानले रिलिज गरेको थियो । उनलाई सिरी ए क्लबले मुटुको गति नियन्त्रण गर्ने आईसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर) फिट गरेको भन्दै रिलिज गरेको जनाएको थियो। तर प्रिमियर लिगमा त्यस्तो नियम नभएकाले एरिक्सनलाई लिन ब्रेन्टफोर्ड सफल भएको हो ।

एरिक्सनलाई २०२१-२०२२ को सिजनको अन्तसम्मका लागि क्लबले भित्र्याएको हो । उनले पुन: एकपटक राष्ट्रिय टीमका लागि मैदान फर्किएर आफूलाई प्रमाणित गर्ने बताउँदै आएका छन् ।

एरिक्सनले ३०० खेल खेलेका छन् । उनले टोटेनह्यामका लागि ६९ गोल र ९० गोलमा एसिस्ट गरेका छन् । उनी २०१३ मा आयक्सबाट टोटेनह्याम आएका थिए । उनी २०२० को जनवरीमा इन्टरमिलान गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =