बा:रा: अर्थात् सूर्यदर्शन (तस्बिरहरू)

काठमाडाैँ । नेवार समुदायमा जन्मदेखि मृत्युसम्म गरिने १० संस्कारमध्ये बाःराः तयगु अर्थात् गुफा बस्नु पनि एक हो ।

नेवार समुदायमा कन्याको इहि अर्थात् बेला विवाह सम्पन्न भइसकेपछि रजस्वला हुनु पूर्व १२ दिनसम्म सूर्यको मुख नदेखाई अँध्यारो कोठामा राख्ने चलनलाई बाःराः वा गुफा राख्ने भनिन्छ ।

नेवार कन्याको बाःराः राख्ने उमेर भएपछि नेवार ज्योतिष (जोशी) वा गुरुज्यू कहाँ गएर साइत हेराउने चलन छ । यसरी जुरेको साइतमा सबै धार्मिक विधि पूरा गरी बा:रा: राखेको कन्यालाई सूर्यदर्शन गराइन्छ ।

नेवारी समुदायमा बाःराः अन्दाजी ई.पू. २०० देखि नै सुरुवात भएको विश्वास गरिन्छ । नेवारी धर्मनीति ग्रन्थमा १२ संस्कारको उल्लेख गरेका छन् । त्यही १२ संस्कारमा बाःराः अर्थात् सूर्यदर्शन (गुफा राख्नु) पनि पर्दछ ।

यसैगरी नेपाल संवत् ७९६ मा भक्तपुरका राजा उग्र मल्लकी रानी भानुमतीलाई बाःराः राखेको मल्लकालीन इतिहासमा उल्लेख गरेको पाइन्छ ।

यस तथ्यलाई पनि आधार मान्ने हो भने मल्लकालदेखि नै उपत्यकाको नेवार समुदायमा बाःराःको चलन सुरु भएको मान्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *