अफ्रिकन कप अफ नेशन्सको सेमिफाइनल समीकरण पूरा

काठमाडाैँ । अफ्रिकी कप अफ नेशन्सको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार राति भएको खेलमा सेनेगल र इजिप्टले अन्तिम चारमा स्थान बनाएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।

यसअघि बुर्किना फासो र क्यामरुनले अन्तिम चारमा स्थान बनाइसकेका छन् । आइतबार राति भएको खेलमा गुएनामाथि ३-१ को सहज जित निकाल्दै सेनेगल अन्तिम चारमा पुग्न सफल भयो । खेलमा सेनेगलले फमारा डिधियोले गोलमार्फत २८ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । जानिक बुएलाले ५७ औं मिनेटमा गोल गरेपछि गुएनाले खेल १-१ गोलको बराबरीमा ल्याए । तर चेखो कोएतले ६८ औं मिनेटमा गोल गरेपछि सेनेगलले पुन खेलमा अग्रता बनाउन सफल भयो । इस्माइल सारले ७९ औं मिनेटमा टीमका लागि तेस्रो गोल गरेपछि सेनेगल ३-१ ले विजयी भयो ।

त्यसअघि मोरक्कोमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै इजिप्ट अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । आइतबार राति भएको खेलमा सुरुवाती अग्रता भन्ने मोरक्कोले लिएको थियो ।

खेलमा छैटौँ मिनेटमानै सोफाइन बुफालले पेनाल्टी मार्फत मोरक्कोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मोरक्कोले दोस्रो हाफमा भने अग्रता जोगाउन सकेन । ५३ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित समयमा गोल नभए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०० औं मिनेटमा इजिप्टका लागि मोहम्मुद हसनले गोल गरेपछि इजिप्ट खेलमा २-१ को अग्रता बनाउन सफल भयो ।

जुन अग्रता उसले अन्तिम सम्म कायम राख्दा जित अन्तिम चारमा प्रवेश गर्न सफल भयो । इजिप्टले अब फाइनल प्रवेशका लागि क्यामरुनसँग खेल्ने छ । क्यामरुनले गाम्बियालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *