कोरोना संक्रमण दर लगातार घट्दै

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर लगातार घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा कोरोनाको संक्रमण दर घट्दै गएको हो । मन्त्रालयका अनुसार गत सोमबार करिब ४८ प्रतिशत संक्रमण दर रहेकोमा यो आइतबार करिब २७ प्रतिशतमा झरेको छ ।

यो तथ्यांक अनुसार कोरोना संक्रमण आधाको दरले घटेको छ । गत सोमबार ४८.७ प्रतिशत, मंगलबार ४६.३ प्रतिशत, बुधबारबार ४१.५ प्रतिशत, बिहीबार ३६.८ प्रतिशत, शुक्रबार ३४.४ प्रतिशत, शनिबार ३३.७ प्रतिशत र आज २६.९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय कुल परीक्षको आधामा कोरोना संक्रमण दर देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *