दशकपछिकाे मैत्रीपूर्ण खेलमा नेपालकाे जित

काठमाडौँ । मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले जित निकालेको हो ।

नेपालले मरिससलाई १-० गाेल अन्तरदे पराजित गरेको हो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । एक वर्षपछि टिममा फर्केका विमलले पहिलो खेलमै गोल गरेका छन् ।

नेपालको लागि उनको यो नवौं गोल हो । पहिलो पटक नेपालले आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । मरिसससँग नेपालको दोस्रो मैत्रीपूर्ण मंगलबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *